जसपाका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज


 


काठमाडौं । जनता समाजवादी पार्टीका मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

जसपाबाट सरकारमा अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्की सहभागी हुने छन् ।

अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् ।

साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्