जर्मनीमा तमु ल्हाेसार भव्य रूपमा मनाइयाे


 


जर्मनी, पुस १४

जर्मनीमा तमु ल्हाेसार भव्य रूपमा मनाइएकाे छ । जर्मनीकाे हाम्वर्ग सहरमा नेपालीहरूले तमु ल्हाेसारकाे भव्य रूपले मनाएका हुन् । तमु ल्हाेसारलार्इ जर्मनी भरी नै भव्य अनि सभ्य कार्यक्रमकाे रूपमा विगत बर्षहरू झैं याे बर्ष पनि मनाइएकाे हाे ।

तमु समाज हाम्वर्गकाे अायाेजनामा जर्मनीका विभिन्न सहरहरूबाट हाम्वर्गमा भेला भएर मिठा–मिठा परिकार, साँस्कृतिक एंव रमाइलाे कार्यक्रम गर्दे तमु ल्हाेसार २०७३ सम्पन्न भएकाे हाे । कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथी रहनुभएका जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सभापतित्व समाजका अध्यक्ष लालबहादुर तमुले गर्नुभएकाे थियाे ।

तमु च्या ल्हाेछार साँझ २०१६ नाम दिइएकाे सांस्कृतिक कार्यकममा नेपालबाट हाम्वर्ग पुग्नु भएका चर्चित गायक एपी शेर्पाले भरपूर मनाेरञ्जन दिलाउनु भएकाे थियाे । कार्यक्रममा गायक शेर्पाकाे दमदार प्रस्तुती दिएकाे समाजका महासचिव सुन्दर तमुले बताउनुभयाे । उक्त कार्यक्रमलार्इ रमाइलाे प्रदान गर्न स्थानीय कलाकारहरूले बेजाेड प्रस्तुती रहेकाे थियाे ।

कार्यक्रममा भाग्यशाली चिठ्ठा पुरस्कार, कलाकारहरूलार्इ मायाकाे चिनाे समाजका अध्यक्ष, वरिष्ठ सल्लाहकार दिपु तमु, पूर्व काेषाध्यक्ष शशी तमुले गर्नु भएकाे थियाे । सांस्कृतिक कार्यक्रममा डिजे सुन्दर तमुकाे साथ अनि सम्पूर्ण कार्यक्रमकाे उद्घाेषण समाजकै सचिव अश्विन तमुले गर्नुभएकाे थियाे ।

अाैपचारिक कार्यक्रमपछि उपस्थित सबै रातभर नाँचेर भरपुर मनाेरन्जन लिएका थिए । जर्मनीका विभिन्न सहरहरूबाट उपस्थित भएका दर्शकहरूमा पुराना भन्दा नयाँ अनुहारहरूकाे बा्क्लाे उपस्थिति देखिन्थ्याे ।

याे पनि पढ्नुहाेस्

जर्मनीमा तमु “च्या” ल्हाेछार साँझ हुँदै

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्