अब मलेसियामा नेपाली कामदारले लेबी बुझाउनु नपर्ने



काठमाडौं, पुस १७

मलेसियामा कार्यरत नेपाली कामदारले आज आइतबारदेखि लेबी बुझाउनु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीलाई नै लेबी तिर्नुपर्ने निर्णय गरेपछि कामदारले लेबी बुझाउनुनपर्ने भएको हो । मलेसियाले सन् २०१७ देखि लागु हुने गरी रोजगारदाताले नै लेबी बुझाउनुपर्ने निर्णय गरेपछि मलेसियामा कार्यरत झण्डै साढे ६ लाख नेपालीलाई फाइदा पुग्नेछ ।

रोजगारदातालाई कामदारप्रति थप जिम्मेवारी बनाउने उदेश्यले नयाँ नियम ल्याएको मलेसिया सरकारले जनाएको छ । यस्तै मलेसियाले आप्रवासी कामदारको सेक्युरिटी डिपोजिटबारे पनि पुनरावलोकनको तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News