आजदेखि नेपाल टेलिकमको फोर जी सेवा


 


काठमाडौं, पुस १७

मुलुकको एकमात्र सरकारी दूरसन्चार सेवा नेपाल टेलिकमले आजदेखि फोर जी मोबाइल इन्टरनेट सेवा सुचारु गर्दैछ । विश्व बजारमा व्यावसायिक रुपमा यो सेवा सुरु भएको आठ वर्षपछि नेपालमा सन्चालनमा आउन लागेको हो ।

फोर जीको आज सफ्ट लन्च हुने नेपाल टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिए । आज एक कार्यक्रमकाबीच सन्चारमन्त्री सुरेन्द्र पाण्डेले फोर जी सेवाको औपचारिक उद्घाटन गर्नेछन ।
टेलिकमले पहिलो चरणमा आजदेखि काठमाडौ उपत्यका र पोखरामा यो सेवा सुचारु गर्ने तयारी गरेको छ । त्यसपछि क्रमशः देशका प्रमुख शहरहरुमा पनि विस्तार गर्दै लैजाने टेलिकमले जनाएको छ ।

 

प्रकाशित मिति: १७ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्