एमालेको सचिवालय बैठक बस्दै, मोर्चामा सहभागीबारे छलफल हुने


 


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले जनाएको छ ।

पछिल्लो समय समाजवादी मोर्चामा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयासमा एमाले सकारात्मक देखिएको र त्यस बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्