प्रदेश सरकार भागबन्डामा सहमति नजिक गठबन्धन, कुन प्रदेशमा कसको सरकार ?


 


काठमाडौं । सत्तारुढ दलहरु प्रदेश सरकारको नेतृत्व भागबन्डामा सहमति नजिक पुगेका छन् ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा भागबन्डामा सहमति नजिक पुगेका हुन् ।

अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबन्डा टुंगो लगाउने तयारी छ ।

सम्भावित भागबन्डा अनुसार एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउने लगभग निश्चित भएको छ ।

आज बेलुकासम्म प्रदेश सरकारको नेतृत्व टुंग्याइने दाबी गरिएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्