खोटाङको रावाबेसीमा खार्पा महोत्सव हुने


 


काठमाडौं, चैत १३ । खोटाङको रावावेसी गाउँपालिकामा यही चैत २७ गतेदेखि खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ।

चेलीबेटी समूहको आयाजनामा खोटाङको रावावेसी–२ शारदा मावि सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

महोत्सव आयोजनाको तयारी सुरु भइसकेको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए ।

महोत्सव र श्रीमद्भागवत सप्ताहको लागि गठन भएको विभिन्न समितिहरुले काम सुरु गरिसकेको उनले जानकारी दिए । महोत्सवले धर्मप्रतिको आस्था बढाउनुको साथै धार्मिक पर्यटन प्रवद्र्वनमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा भारतबाट पनि भक्तजनहरुले सहभागिता जनाउने भएका छन् । यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

महोत्सव २०८१ वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्