आज काठमाडौंमा यस वर्षकै बढी चिसो



काठमाडौँ, पुस १८

काठमाडौंमा यस वर्षकै बढी चिसो भएको छ । तापक्रमको पारो आरोलो लाग्ने क्रममा आज न्यूनतम ३ डिग्रीमा झरेको हो । जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढ्ने क्रम आज पनि रहने विभागले जनाएको छ ।

पश्चिम र पूर्वी पहाडी जिल्लामा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार र आइतबारको हिमपातका कारण पहाड र हिमाली क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ । रसुवा, मनाङ, मुस्ताङ, गोर्खा, दोलखा, ताप्लेजुङ, धादिङलगायत जिल्लाको हिमाली क्षेत्रमा हिमपातका साथै असिना पानी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News