नेपाल टेलिकमद्वारा आलाकार्टा प्रणाली लागू, यस्तो छ शुल्क


 


काठमाडौं, चैत २१ । नेपाल टेलिकमले एनटीटीभीका ग्राहकहरुका लागि आलाकार्टा प्रणाली लागू गरेको छ ।

सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटिटिभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको बताएको छ ।

यस प्रणालीमा आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

टेलिकमले ग्राहकले बेसिक प्याकेज वा प्रीमीयम प्याकेज वा आवश्यकताअनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्