टेलिकमले जिल्ला अदालतल र उच्च अदालतहरुमा दुरसञ्चार सेवा उपलब्ध गराउने


 


काठमाडौं, चैत २२ । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच मंगलबार सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल० र सर्वोच्च अदालतको तर्फबाट सह(रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा ‘डेडिकेटेड इन्टरनेट’ सवाका साथै एफटीटीएच सेवा तथा ‘एसएमएस अलर्ट सर्भिस’ र ‘पुल एसएमएस सर्भिस’ उपलब्ध गराउनेछ ।

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्