आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको चिफ मार्केटिङ अफिसरमा चौलागाई


 


काठमाडौं, चैत २६ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् ।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाईलाई कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले चिफ मार्केटिङ अफिसरमा नियुक्ति गर्ने निर्णय गरेको होे ।

चौलागाई यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रदेश प्रमुख र शाखा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्