एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


 


काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ र ९ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ।

बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमालेले विशेष कार्यक्रम पनि गर्दैछ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्