उपनिर्वाचनका लागि निर्वाचन आयोग १७०० जनशक्ति खटाउँदै


 


काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा करिब १७०० जनशक्ति परिचालन गरिने भएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो  ।

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना रहने गरी कर्मचारी नियुक्त गर्न निर्वाचन अधिकृतको कार्यालयलाई सहमति दिइएको छ ।

इलाम–२ मा १४९ र बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने छ ।

प्रत्येक केन्द्रमा एक एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन्  ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्