प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुने बताएको छ ।

कतारका राजा मोहम्मद बिन अल थानी भोलि नेपाल आउँदैछन्।

त्यस्तै आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाएको छ ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्