दुई दिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउँदै कतारका राजा थानी


 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी भोलि नेपाल आउँदै छन् ।

उनी दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन् ।

यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो अवसरमा राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

अमिर शेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । उनी बुधबार राति नै नेपालबाट स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्