कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज वार्ता, द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने


 


काठमाडौँ । नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।

दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपुगेका थानीले बुधबार बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लागेका हुन् ।

वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले हिजो अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । राष्ट्रपति पौडेलसँग उनले हिजै भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्