परराष्ट्रमन्त्री महत कतार भ्रमणमा जांदै


 


काठमाडौं, पुस २३
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आगामी मंगलबार कतार भ्रमणमा जाने भएका छन् ।उनले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमन अल थानीको औपचारिक निमन्त्रणामा त्यसतर्फ जाने तय गरेका हुन् ।

भ्रमणमा महतले बुधबार त्यहाँका विदेशमन्त्रीसँग भेटवार्ता गर्नेलगायत
कतारमा कार्यरत नेपाली कामदारले भोगेको समस्या र कतार नेपाल द्विपक्षीय सम्बन्धका आर्थिक र सामाजिक पक्षबारे छलफल गर्ने उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्