विवाद उत्पन्न भएपछि पत्निले पतिको लिङ्ग काटिन्



लहान, पुस २५
घरायसी विवादका कारण एक महिलाले आफ्नै पतिको लिङ्ग काटेर घाइते बनाएकी छन् ।

सिरहाको लहान नगरपालिका वडा नम्बर ३ मा  घरायसी विवादका कारण शारीरिक सम्पर्क गर्ने क्रममा २६ वर्षीय सुनिल कुमार महतोलाई १८ वर्षीय दीपिका कुमारी महतोले लिङ्ग काटेर घाइते बनाएकी हुन् ।

घाइते महतोको लहानमा उपचार भइरहेको र दीपिकालाई इलाका प्रहरी कार्यलय लहानले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लहान ३ बस्ने सुनिल कुमार महतो र दीपिका कुमारी महतोबीच गत वैशाखमा मागी विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News