नेपाल र भारत सीमापार भुक्तानी सहज बनाउन एसबिआई बैङ्क र नेपाल क्लियरिङ हाउस बिच सम्झौता


 



काठमाडौं, १४ जेठ । नेपाल एसबिआई बैङ्क लिमिटेडले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैङ्कले तोकेको सीमामा रहेर नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपाल एसबिआई बैङ्क लिमिटेडमा रहेको आफ्नो बैंक खाताबाट भारतमा रहेको आफ्नो बैङ्क खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् । त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपालमा रहेको आफ्नो बैङ्क खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्र बैङ्कका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैङ्कका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
हाल यस बैङ्कले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्