माछापुच्छ्रे बैंकद्वारा विद्यालयमा खानेपानी पूर्वाधार निर्माण


 


काठमाडौं, जेठ १८ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा नगरपालिका वडा नं. १५ माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ ।

बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहकाबीच उक्त खानेपानीको पूर्वाधार निर्माण गरेर हस्तान्तरण गरेको हो । विद्यालय संचालनका लागि अतिआवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालको अवस्थाअवलोकन गरी उक्तपूर्वाधारहरु निर्माण गरेको हो ।

२८९ जना विद्यार्थी एंव १८ जना शिक्षक-कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिकविद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमापानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या रहेको थियो ।

उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमाखानेपानीआपूर्तिका लागिमुहानमा ट्याङ्कीनिर्माण गर्नुका साथै विद्यालय परिसरमाधाराको निर्माण गरेर उक्तनिर्माण गरिएकापूर्वाधारहरु विद्यालयव्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरु निर्माण गरेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत देशका विभिन्न स्थानहरुमा विभिन्न संघ–संस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरु हरुमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्