कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित


 


काठमाडौं, जेठ १८ । ग्राहकहरुलाई किनाकल १०.२.२५ ‘कोर बैंकिङ्ग सफ्टवेर’ मार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंक लिमिटेडले इम्फोसी फिनाकल इनोभेसन अवार्ड २०२४’ मा उल्लेखनिय सफलता हाँसिल गरेको छ ।

इम्फोसीद्वारा आयोजित उक्त अवार्ड वितरण समारोहमा १० विधाका दुई सय मनोनयनहरुमध्ये कुमारी बैंक ‘कोर बैंकिङ्ग ट्रान्सफर्मेसन’ विधातर्फ उत्कृष्ठ रहेकाले उक्त उपलब्धीका लागि ‘प्रोसेस इनोभेसन’मा स्वर्ण विजेता घोषित भएको छ ।

इन्फोसिसको फनाकल कोर बैंकिङ्ग सफ्टवेरले बैंकिङ क्षेत्रमा सरलता, उत्कृष्टता, र विश्वसनीयता कायम गर्न सफल भएको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपलब्धीले भविष्यमा नविन प्रविधिमार्फत बैंकिङ क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहेको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्