लघु उद्यम विकासका लागि प्रभु बैङ्क र युएसएड ट्रेड बिच सम्झौता


 



काठमाडौं, २१ जेठ । प्रभु बैङ्क लिमिटेड र युएसएड ट्रेड एण्ड व्यापार र प्रतिस्पर्धात्मकता बिच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरूको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने “भविष्यको नेपालका लागि दिगो विकासका लागि कृषि र पर्यटन उद्योगलाई सशक्त बनाउने” नामक परियोजनाका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा युएसएडका तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहँुच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्