प्रभु बैंक र स्वीसकन्ट्याक्टबीच सम्झौता, किसानलाई सहयोग गरिने


 


काठमाडौं, जेठ २२ । प्रभु बैंक लिमिटेड र स्वीसकन्ट्याक्ट/नेपाल अग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज–२ बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी सम्झौता भएको छ ।

स्वीसकन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने परियोजनाका लागि सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा स्वीसकन्ट्याक्ट नेपाल÷नेपाल अग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज–२ का तर्फबाट प्रतिनिधिश्री रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता÷व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइनेछ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्