प्रभु बैङ्कका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट


 


कुश्मा, २२ जेठ । प्रभु बैङ्कले कुश्मा रहेको हार्नेस जिपलाइन र बेसिशहर स्थित गेट वे हिमालय रिसोर्टमा आफ्ना ग्राहकको लागि विशेष छुटको सम्झौता गरेको छ ।

पछिल्लो समय आन्तरीक तथा बाहृय पर्यटनको गन्तव्य बनेको पर्वतको सदरमुकाम कुश्मा स्थित हार्नेस जिपलाइन र सहसीक पदमार्गीहरू माझ लोकप्रीय गन्तव्य लमजुङको बेसिसहर स्थित गेट वे हिमालय रिसोर्ट र प्रभु बैङ्कबिच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरूका लागि विशेष छुट गर्ने सम्झौता भएको हो ।

हार्नेस जिपलाइनका प्रबन्ध निर्देशक सुनिल थापा, गेट वे हिमालय रिसोटका प्रबन्धक नकुल गिरी र बैङ्कका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैङ्कका ग्राहक तथा कर्मचारीहरूले बैङ्कको डेबिड÷क्रेडिट कार्ड तथा बैङ्कको अन्य कुनै विद्युतीय माध्यमद्वारा भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा र्याफ्टीङलगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । तथा गेट वे हिमालय रिसोर्टमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जनमलगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधीबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३ सय २ शाखा कार्यलय, २ सय ८५ एटिएक साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” मुल नाराका साथमा बैङ्किङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैङ्कले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिष्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै, फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्