प्रभु बैङ्कका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबलकारमा छुट


 



पोखरा २३ जेठ । पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकारल प्रभु बैङ्कका ग्राहक १० र कर्मचारीलाई २५ प्रतिशत छुट दिने भएको छ ।

प्रभु बैङ्क र अन्नपूर्ण केबलकारबिच बुधबार सो छुट सम्झौता भएको हो । सम्झौता अनुसार कर्मचारीलाई २५ प्रतिशत र ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन । सम्झौतामा अन्नपूर्ण केबलकारका मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैङ्कका म्यानेजर गणेश सुवेदीले हस्ताक्षर गर्नु भएको छ ।

अन्नपूर्ण केबलकारले पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्