पर्यावरण जोगाउन महालक्ष्मी विकास बैङ्कले सुरु गर्यो विद्युतीय सवारीको प्रयोग


 


काठमाडौं । महालक्ष्मी विकास बैङ्कले विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ ।
सोही अनुरुप बैङ्कले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरूमा क्रमश विद्युतीय गाडीको प्रयोग बढाउँदै जनो जनाएको छ । यस्ता कार्यक्रमले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवर्धन तथा दिगो विकासमा टेवा पु¥याउने बैङ्कको विश्वास छ ।
बैङ्कले ३० औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबारदेखि २५ गते बिहिबार (तिन दिन)सम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ । प्रतियोगितामा विभिन्न बैङ्क तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्