प्रभु बैङ्क र हेयर एण्ड शान्तिबिच ग्राहक छुट सम्झौता


 



काठमाडौं, २४ जेठ । प्रभु बैङ्क र हेयर एण्ड शान्ति कमलादीबिच बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्य सम्बन्धि सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।


एक समारोहबिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैङ्कका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । समारोहमा बैङ्क बजार व्यवस्थापन म्यानेजर दीना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति थियो ।
सम्झौता अनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू तथा कर्मचारीहरूले हेयर एण्ड शान्तिबाट सौन्दर्य सम्बन्धि सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरूलाई १० प्रतिशत र कर्मचारीहरूलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।


हेयर एण्ड शान्तिले दुई दशकदेखि काठमाडौं र उपत्यका बाहिरका विभिन्न १३ वटा स्थानबाट सौन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


त्यसैगरी, ग्राहकको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्