सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण


 


काठमाडौं । काठमाडौंको बालुवाटार स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नघल टोलमा रहेको प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिहीबार शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुका लागि वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गर्नुका साथै विद्यार्थीहरुलाई १५० थान स्कूल व्याग, ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वरमान श्रेष्ठको उपस्थिति रहेको थियो । सो व्याग वितरणले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बंैक विश्वस्त रहेको छ ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस पालना गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्