प्रभु बैँक र सौराहाका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता


 


काठमाडौं, जेठ २७ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्घारा हस्ताक्षर गरियो ।

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुरका विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा, देबघाटधाम जस्ता रमणीय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।

विभिन्न देश तथा बिदेशबाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेभको पाइन्छ । विश्वमै अतिदुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गी, मृग जस्ता जङ्गलीजनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्तिजिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्Èणको केन्द्र हो ।

सो सम्झौता बमोजिम ग्राहकवर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरुका लागि आवासमा ८∞ देखि १५∞ तथा खाना तथा पेय पदार्थमा १० ∞ देखि १५∞ सम्मका छुट प्राप्त गर्न सकिने छ । सहभागी होटेलहरुको सूचीमा होटल ऐकावा इन्, सपना भिलेज लज, सिद्धार्थ वनबास भिल्लास बनबास, चितवन होटेल वनबास, होटेल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटेल, होटेल रोयल सफारी, द पार्क सेन्चुरी होटेल, ट्राभल्र्स जंगल क्याम्प, होटेल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यु जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज र रोयल टाइगर लग्जरी होटेल छन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।

करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै बैंक छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्