ग्लोबल आइएमई बैङ्कको “डिजिटल युनिभर्स” सञ्चालनमा


 


काठमाडौं, २७ जेठ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।

आइतबार बैङ्कमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गर्नुभयो ।


उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भन्नुभयो, “डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।”

“यो पहल ग्लोबल आइएमई बैङ्कको आफ्ना ग्राहकहरूलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरूको एक हिस्सा हो । हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ ।”

आजको युगमा डिजिटल बैंकिङको महत्त्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ ।
ग्लोबल आइएमई बैङ्कको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यस्ता नवीन बैंकिङ्ग प्रविधिहरु अङ्गालेर बैङ्कले आफ्ना ग्राहकहरूको बदलिँदो बैंकिङ आवश्यकताहरू मात्र पुरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पु¥याएको छ ।

कार्यक्रममा बैङ्कका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकारीलगायत बैङ्कका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्