विश्व वातावरण दिवस लक्ष्मी सन्‌राइज बैङ्कले रोप्यो ६ हजार विरुवा


 



काठमाडौं, २८ जेठ । लक्ष्मी सन्‌राइज बैङ्कले ‘प्रोजेक्ट फाइभ के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ ।

जुन १ देखी ८ सम्मको सप्ताहभर बैङ्कले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब ६ हजार रूख रॊपेकॊ छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो ।

प्रोजेक्ट फाइभ के सँगै सोही दिवसमा आफ्नो एभाॊडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा ( विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो । लक्ष्मी सन्‌राइजले २०२१ देखि कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न रहेको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्