गायक प्रकाश ओझा प्रकाउ, १० बर्ष जेल !



काठमाडाैं, माघ १४

गायक प्रकाश ओझा प्रकाउ परेका छन् । चर्चित गायक अाेझा गीत रेकर्डिङका लागि काठमाडौं आएका बेला शुक्रबार शंखमुलबाट पक्राउ परेका हुन् ।

युवतीलाई विभिन्न प्रलोभन देखाएर यौन शोषण गर्ने, तस्बिर लिने र त्यही फोटो देखाएर ब्यालमेलिङ गर्ने गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

सुनसरी इटहरी नगरपालिका ४ का फरार अभियुक्त प्रकाश ओझालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।

ओझालाई सर्वोच्च अदालतको २०७३ माघ ४ गते १० बर्ष कैद सजाय सुनाएको थियो ।  ओझाले २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीन जना नाबालिकाहरुसँग अनैतिक सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News