कक्षा ११ र १२ को परीक्षाको समयतालिका सार्वजनिक



काठमान्डौ , माघ १६

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ ।

त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ। २०७४ सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने सूचनामा जनाइएको छ। उक्त समय सम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित आगामी फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News