अनेरास्ववियुद्धारा स्ववियु निर्वाचन परिचालन कमिटी गठन


 


काठमाण्डौ,माघ १८

नेकपा एमाले निकट अनेरास्ववियुले आगामी स्ववियु निर्वाचनका लागि अध्यक्ष नविना लामाको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय कार्यालय बागबजारमा बसेको स्थायी कमिटी बैठकले ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए । परिचालन समितिमा केन्द्रीय कमिटीका उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्ष लगायत रहने छन् ।

अनेरास्ववियुले राष्ट्र र राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न भएको भन्दै राष्ट्र र राष्ट्रिय एकताको भावनाको विकासका लागि माघ २१ गते भित्र देशभरका प्रत्येक क्याम्पसका गेटमा राष्ट्रिय झण्डा फहराउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: १८ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्