भोजपुरमा दमकल सेवा शुरु


 


भोजपुर, असार ६
भोजपुरमा दमकल सेवा शुरु भएको छ । नगरपालिका घोषणा भएको १४ महिनापछि भोजपुरमा दमकल सेवा शुरु भएको हो । नगरपालिकाले दमकल खरिद गरेर ल्याएसँगै सञ्चालनमा आएको हो ।damkal 1

दमकल करिब ६० लाख रुपैयाँमा टेण्डर मार्फत खरिद गरिएको नगरपालिकाले जनाएको छ । पुरानो, बाक्लो बस्ती, र जस्तापाताले बनेको भोजपुर सदरमुकाममा आगो नियन्त्रणका लागि दमकल आएपछि सजिलो हुने भएको छ ।

यसअघि दमकल नहुँदा भोजपुर सदरमुकाममा साना तिना आगलागी हुँदा समेत नियन्त्रणमा समस्या हुँदै आएको थियो । ग्रामीण बस्तीमा समेत सडक यातायात पुगेकोले गाउँमा हुने आगलागी नियन्त्रणका लागि दमकल प्रयोग गर्न सकिने नगरपालिकाका कार्यकारी अधिकृत तुलाराज थापा मगरले बताए ।

नगरपालिकाले लामो समयपछि दमकल भित्राए पनि आवश्यक जनशक्ति भने छैन् । नगरपालिकासँग दमकल सञ्चालनका लागि जनशक्ति नहुँदा सुरक्षा नियकालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

बारुणयन्त्र सञ्चालन गर्ने नगरपालिकासँग आवश्यक जनशक्ति छैन्, अधिकृत मगरले भने, सेना वा प्रहरीलाई सञ्चालनका लागि हस्तान्तरण गर्ने तयारी गर्देछौ । damkal

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्