विराटनगर किंग्सले एकै ओभरमा गुमायो दुई विकेट
![](https://www.deshkonews.com/wp-content/uploads/2024/12/3-17.jpg)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई दोस्रो सफलता हात परेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको चितवन राइनोजलाई दोस्रो सफलता हात परेको हो ।
पहिलो ओभरमै विराटनगर किंग्सका दुई ब्याटर आउट भए ।
चितवनलाई लगातार दुई सफलता दिलाउने क्रममा रिजन ढकालले लोकेस बम र दिपक बोहरालाई बोल्ड आउट गरे ।
प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार