भुकम्पमा ज्यान गुमाएका भोजपुरका पीडित परिवारलाई बेलायतबाट सहयोग


 


SAM_5766भोजपुर, असार ७
बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाएका भोजपुरका पीडित परिवारलाई भोजपुर सेवा समाज वेलायतले सहयोग गरेको छ । बेलायतमा कार्यरत तथा भुतपुर्व गोर्खा सेनाहरुले राहत रकम सहयोग गरेका हुन् ।

उनिहरुले संकलन गरेर पठाएको राहत रकम आज भोजपुरमा पीडित परिवारलाई वितरण गरिएको छ । भुकम्पमा ज्यान गुमाएका नौ परिवारलाई ५१ हजार एक सय ११ रुपैया रकम प्रदान गरिएको हो ।

बेलायतबाट चार लाख ६० हजार नगद प्राप्त भएको थियो । विनाशकारी भुकम्पले भोजपुरमा दुई जनाको ज्यान गएको थियो भने थप आठ जनाको काठमाडौमा मृत्यु भएको थियो । यो तथ्यांक अझै आउने क्रममा छ ।

भोजपुर घर भई काठमाडौमा विभिन्न पेशा तथा अध्ययन गर्दे गरेको उनिहरुको भुकम्पमा परी ज्यान गएको थियो । यसरी मृत्यु हुनेहरुमा भुमिहाङ्ग राई होम्ताङ–३, दिपेन्द्र लुवागुन कोट–२, प्रकास सुनार लेखर्क– ७, निर्मला राई र प्रीया राई छिनामखु–१, प्रविण राई ठुलोदुम्मा–४, आकृती निरौला रानीबास–७, पुष्प श्रेष्ठ भोजपुर नगरपालिका ७, भावना श्रेष्ठ पाङ्चा ७ र रविना राई रानीबास–३ रहेका छन् । उनिहरुका आफन्तलाई राहत रकम वितरण गरिएको हो ।

प्रकाशित मिति: ७ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्