गायिका जेरी अब कथा वाचिका, बनिन् ‘योगमाया सखी’

काठमाडौं । माघ ९ । लोकदोहोरी गायिका बबिता बानियाले महायज्ञमा कथा वाचन गर्ने भएकी छन् । कथा बाचन गर्ने भएपछि उनले आफूलाई ‘योगमाया सखी’ को रुपमा चिनाउँदैछिन् ।
उनको पहिलो भागवत कथा वाचनसहितको महायज्ञ यही माघ २२ गते राजधानीको नागार्जुन नगरपालिका १ रानीवनस्थित महादेव मन्दिर परिसरमा हुँदैछ ।
वैदिक सनातन धर्मको सम्वद्र्धन तथा नागभुषण महादेव मन्दिर परिसरको सर्वाङ्गीण भौतिक विकासका लागि योगमाया सखी (जेरी) को वाचनमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुन लागेको आयोजकले जनाएको छ ।
श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपालको आयोजनामा हुने महायज्ञ माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।
जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा चर्चा कमाएकी थिइन् । भागवतको स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा समेत अध्ययन गरेपछि अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् ।
प्रकाशित मिति: ९ माघ २०८१, बुधबार