यू-१९ महिला विश्‍वकपको समूह चरणबाटै बाहिरियो नेपाल


 


काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकपको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै जितविहीन बनेको हो।

नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो ।

कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन्। अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २/२ विकेट लिए भने कोल एइन्सवर्थले १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्