यू–१९ विश्वकप : मेलेसियासँग ‘प्लेअफ’ मा भिड्दै नेपाल



काठमाडौं । तेस्रो संस्करणको आइसिसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल आज मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ ।

समूह चरणबाट बाहिरिसकेको नेपाल १३औँदेखि १६औँ स्थानसम्मको प्लेअफका लागि मलेसियासँग खेल्न लागेको हो । त्यस्तै, अर्को प्लेअफमा पाकिस्तान र सामोआ भिड्ने तासिका छ ।

विश्वकपको सुपर सिक्सको समूह ‘१’ मा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्ट इण्डिज रहेका छन् ।

यस्तै, समूह ‘२’ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजिल्याण्ड रहेका छन् ।

समूह चरणमा नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । नेपालले समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्याण्डविरुद्ध एक विकेट तथा अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो । मलेसियामा जारी विश्वकपमा १६ देशको सहभागिता छ ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्