यू-१९ महिला विश्‍वकप : पुजा महतो बनिन् सर्वाधिक विकेट लिने बलर


 


काठमाडौं । आईसीसी यू-१९ महिला विश्‍वकपमा नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतो सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन ।

पुजाले ४ खेलमा ९ विकेट लिइन् । लिस्टको दोस्रो स्थानमा श्रीलंकाकी चमुदी प्रबोदा ७ विकेटका साथ छन् ।

तेस्रो स्थानमा स्कटल्याण्डकी मासी माइकेरा, चौथो र पाँचौंमा भारतका वैष्णवी शर्मा र आयुषी शुक्ला छन्।

अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन्।

हालका लागि पुजा शीर्षस्थानमा छिन्। मलेसियालाई नेपालले ४५ रनमा अलआउट गरेको छ ।

पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्