मुम्बईमा साहुको घरबाट सुन र नगद चोरीको आरोपमा नेपाली महिला पक्राउ


 


मुम्बई । भारतको मुम्बईमा साहुको घरबाट सुनका गहना र नगद चोरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छन् ।

प्रहरीले शनिबार सावित्री थापा नाम गरेकी नेपाली महिलालाई पक्राउ गरेको हो । उनी गढकोपरमा रहेको रोजगारदाताको घरमा हेरचाहकर्ता (घरेलु कामदार) को रुपमा कार्यरत थिइन्।

थापा केही महिनाअघिदेखि क्यान्सरबाट पीडित रोजगारदाताकी छोरीलाई स्याहार्ने काम गर्थिन्। प्रहरीका अनुसार, छोरीको मृत्युपछि साहुले आफ्नो घरबाट करिब १० लाख नेपाली रुपैयाँ बराबरको सुनका गहना र नगद हराएको पत्ता लगाए र उजुरी गरे ।

उजुरीपछि प्रहरीले अनुसन्धान गरेर थापालाई पक्राउ गरेको भारती सञ्चार माध्यमले जनाएका छन् । थापालाई भारतीय दण्ड संहिता अनुसार मुद्दा दायर गरेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्