त्रिकोणात्मक शृंखलाका लागि इन्दुको कप्तानीमा नेपाली टोली घोषणा



काठमाडौँ, माघ १४ । इन्दु बर्माको कप्तानीमा नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाका लागि आइतबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला माघ १७ गतेदेखि २५ सम्म कीर्तिपुरमा आयोजना हुँदैछ ।

इन्दुसहित विन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममताकुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, अलिशाकुमारी यादव, रोमा थापा, मनीषा उपाध्याय, सीता रानामगर, ईश्वरी विष्ट, रेवती धामीलाई नेपाली टोलीमा राखिएको छ ।

नेपालले बिहीबार नेदरल्यान्ड्स र शुक्रबार थाइल्यान्डसँग खेल्ने तालिका छ । शृंखला तीन राउन्ड रोबिनमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्