भोजपुरका भुकम्पपीडितलाई मोरङ सुनसरी सेवा समाजको सहयोग


 


SAM_5757भोजपुर, असार ८
मोरङ सुनसरी सेवा समाज नेपालले भोजपुरका भुकम्पपीडिताई राहत सामाग्री सहयोग गरेको छ । सोमबार विहान समाजले जिल्ला दैवि प्रकोप उद्धार समितिलाई एक सय थान पाल प्रदान गरेको हो ।

बैदेशीक रोजगारीको क्रममा साउदी अरबमा रहेका मोरङको कोशी हरैचा नगरपालिका १ का देशबहादुर खड्काले संयोजन गरेर पठाएको रकमले समाजले पाल खरिद गरेर भोजपुरमा हस्तान्तरण गरेको हो ।

साउदी अरबको अल खोबार र जुबेलमा रहेको अल जामिल रियल स्टेट कम्पनीमा कार्यरत २६ नेपालीहरुले सहयोग गरेको समाजका अध्यक्ष गोकुलबहादुर थापाले बताए ।

प्राप्त सामाग्री साेमबार नै जिल्ला दैवि प्रकोप उद्धार समितिले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरलाई हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति: ८ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्