काठमाडौंमा स्वाइन फ्लुका बिरामी भेटिए



काठमाडाैं, फागुन १७

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ ।अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन फ्लुको भाइरस भेटिएको हो ।

कोही पनि बिरामीमा खोकी लागिरहेमा, घाँटी खस्खसाइरहेमा एवं १० दिनसम्म पनि कडा ज्वरो आइरहेमा चिकित्सिककहाँ जान डा. पुनले सुझाव दिएका छन् ।

त्यसैगरी वालवालिकामा ज्वरोसँगै बान्ता हुने पखाला लाग्ने भएमा त्यस्तो लक्षण देखिनेवित्तिकै डाक्टरकहाँ जान पुनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News