भिर माहुरीको मह खाँदा संगीतकार अधिकारी बिरामी, अस्पताल भर्ना
काठमाडौँ, माघ २९ । भिर माहुरीको मह खाँदा बिरामी भएपछि संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन् ।
अचानक मुटुमा समस्या आएपछि उनलाई ललितपुरका नख्खु स्थित मेडिसिटी अस्पतालमा आज बिहान भर्ना गरिएको हो ।
संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाका अनुसार अधिकारीले सोमबार भिर माहुरीको मह खाएका थिए । उनको स्वास्थ्य अहिले सामान्य रहेको छ ।
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार
















