आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार प्रतितोला २३०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको चारसय रुपैयाँ बढेर एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको हो।

हिजो सुनको मूल्य प्रतितोला एकलाख ६९ हजार आठसय रुपैयाँ थियो। चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी तोलाको एक हजार नौसय ७० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ६५ रुपैयाँ थियो।

प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्