तोलामा १२ सय रूपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्