तोलामा ११०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार
















