काठमाडौंको कालीमाटीमा एक व्यक्ति मृत फेला



काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजार नजिक एक जना मृत भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार रामकृष्ण दाहाल मृत फेला परेका हुन् ।

तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ।

प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।

मृत फेला परेका व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याको आशंका प्रहरीले गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि घटनास्थल गएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्